रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

२०८२ श्रावण २० मङ्गलवार
सारांश
  • प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका सांसद दिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका सांसद दिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

 

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । उनले अहिले गठन भएको छानबिन समिति टालटुले भएको बताए । 

 

त्यस्तै राप्रपा सांसद सिंहले भिजिट भिसा प्रकरणमा सरकारले पनि चासो नदेखाएको र सभामुखले पनि चासो नदिएको बताए । 

 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार